आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमालेका मन्त्री छान्न बालकोटमा छलफल

सोमबार, ११ पुस २०७९, १० : ११
सोमबार, ११ पुस २०७९

नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुबीच छलफल भएको छ । 

प्रधानमन्त्री प्रचण्डको सपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाएर छलफल गरेको वालकोट स्रोतले जनाएको छ । 

छलफलका लागि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरु बालकोट पुगेका छन् । यसअघि हिजोराति अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलसँग करिव ५ घण्टा छलफल गरेका थिए । त्यसक्रममा एमालेबाट सरकारमा जाने करिव ६ जनाको नाम तयार भए पनि त्यसमा अध्यक्ष ओलीले अन्तिम निर्णय गर्ने भन्दै नेताहरु बालकोटबाट राति १ बजे हिँडेका थिए । स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जानेछ । पौडेललाई अर्थमन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने बुझिएको छ । 

यसैवीच सात दलीय सत्ता गठबन्धनमा पावर शेयरिङबारे छलफल गर्न ११ बजे बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा दलहरुबीच शक्ति बाँडफाँडबारे छलफल गरेर कम्तीमा सात जनाको मन्त्रीमण्डल आजै गठन गर्ने आइतबार राष्ट्रपति भवनमै नेताहरुबीच कुराकानी भएको थियो । सोही अनुसार दलहरु आआफ्नो तयारीमा जुटेका हुन् । त्यही तयारीस्वरुप माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप