आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने

सोमबार, ११ पुस २०७९, १० : ०८
सोमबार, ११ पुस २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पोसाक (दौरा–सुरुवाल) लगाएर शपथ लिने भएका छन् । खुमलटार स्रोतका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् । 

यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका उनले पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिन थालेका हुन् । स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए ।  हिजो सोहखुट्टेको एक टेलरलाई बोलाएर दौरा सिलाउन लगाइएको छ । माओवादी मन्त्रीले पनि दौरा सुरुवालमा शपथ खाने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप