पुनः सुरु हुँदै इङ्ग्लिस प्रिमियर लिग, खुसी छैनन् कोन्टे

कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि नै आजबाट पुनः इङ्ग्लिस प्रिमियर लिग सुरु हुँदैछ । बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ ।
तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन् । उनले भनेका छन्,‘ साच्चै म खुसी छैन ।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए । अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले । ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ । विश्वकपपछि मात्र एक हप्ता बिदा हुनुहुँदैन थियो,’ कोन्टेले थपे ।
निलम्बरका कारण रोड्रिगो बेन्टचर उपलब्ध हुने छैनन् भने ह्यामस्ट्रिङका कारण ब्राजिल स्ट्राइकर रिचार्लिसन समेत टोटनहमसँग हुने छैनन् । लुकास मौरा भने सम्भवत खेल्नेछन् । १५ खेल खेलेको टोटनहम २९ अंक सहित चौथो स्थानमा छ । आठ अंक बढि रहेको आर्सनल शीर्षस्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ