बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड र ओलीले सानोतिनो छलाङ लगाए : डा. लोहनी

सोमबार, ११ पुस २०७९, ०९ : १५
सोमबार, ११ पुस २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा सानोतिनो छलाङ मारेको प्रतिक्रिया दिएका छन् । 

प्रचण्ड प्रधानमन्त्री भएको विषयलाई सङ्केत गर्दै डा लोहनीले छलाङ मार्नु रोमाञ्चकारी भए पनि देश कहाँ पुग्ने हो अनुमान लगाउन गाह्रो पर्ने अवस्था आएको बताएका छन् । देशको आर्थिक पाटो सम्हाल्न नसके भयावह अवस्था आउने उनको दाबी छ । 

उनले सामाजिक सञ्जालमा लेखेका छन् -'छलाङ्गबाद आफैमा एउटा दर्शन पनि हो र कार्यनीति पनि हो । अठारौँ शताब्दीको  अन्त्यतिर भएको फ्रान्सको क्रान्ति  'छलाङ्गबाद'को उदाहरण हो ।  नेपालमा प्रचण्ड र ओली जी दुवैले सानोतिनो फुच्चे  'छलाङ' लगाए।  छलाङ  लगाउनु रोमाञ्चकारी अनुभव हो अब देश कहाँ पुग्ने हो ? अनुमान  गाह्रो छ । मुलत: आर्थिक पाटो  समाधानको बाटोमा लग्न नसक्ने हो भने हामी सबै खाल्टो मा पर्ने छम ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप