बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

४३ चिनियाँ लडाकू विमान ताइवान प्रवेश, नजिक आए चिनियाँ नौसेनाका ७ जहाज

सोमबार, ११ पुस २०७९, ०८ : ५७
सोमबार, ११ पुस २०७९

पछिल्लो २४ घण्टामा चीनका ४३ लडाकू विमानले ताइवानी समुद्री क्षेत्रको उल्लंघन गरेको ताइवानको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । यद्यपि, मन्त्रालयले अहिलेसम्म ७१ चिनियाँ विमान आफ्नो सामुद्रिक क्षेत्रमा देखिएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानहरूले ताइवानको खाडीलाई दुई भागमा विभाजन गर्ने काल्पनिक रेखा मिडियन लाइनलाई पार गरेको छ ।

यस घटनामा चीनले गत आइतबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा ‘स्ट्राइक ड्रिल’ गरेको जनाएको छ ।

चीनले पनि ताइवान र अमेरिकाको उत्तेजक कदमका कारण यी अभ्यासहरू भएको बताएको छ ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ । यस्तै, ताइवान चीनको यो दाबी खारेज गर्छ ।

ताइवानले यी अभ्यासहरूले चीनले क्षेत्रीय शान्तिमा खलल पारेर ताइवानी जनतालाई डराउन खोजेको भनेर पुष्टि गरेको बताएको छ ।

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ नौसेनाका सातवटा जहाज पनि ताइवान नजिकै देखिएको बताएको छ ।

रक्षा मन्त्रालयले चिनियाँ लडाकू विमान देखेपछि ताइवानका लडाकू विमानहरूले उनीहरूलाई चेतावनी दिएको बताएको छ । यतिबेला मिसाइल सिस्टम्सलाई तयार राखिएको थियो ।

पछिल्ला केही वर्षयता चीनले ताइवानलाई आफ्नो शासन स्वीकार गर्न दबाब दिन थालेको छ ।

यस्तै, ताइवानको सरकारले आफू शान्ति चाहेको तर आक्रमण भए आफ्नो रक्षा गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप