प्रचण्डलाई भेटेरै बधाई दिँदै बाबुरामले भने -'देशलाई समृद्ध बनाउन सहकार्य गरौँ'
सोमबार, ११ पुस २०७९, ०८ : ३९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले बधाई दिँदै सहकार्यको प्रस्ताव अघि सारेका छन् ।
आज बिहान खुमलटार पुगेर डा भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे ।
प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन् -'क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना ! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म