प्रचण्डलाई भेटेरै बधाई दिँदै बाबुरामले भने -'देशलाई समृद्ध बनाउन सहकार्य गरौँ'
सोमबार, ११ पुस २०७९, ०८ : ३९
![प्रचण्डलाई भेटेरै बधाई दिँदै बाबुरामले भने -'देशलाई समृद्ध बनाउन सहकार्य गरौँ'](https://rpcdn.ratopati.com/media/albums/aburam_Bd3Thk7gCV.jpg)
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले बधाई दिँदै सहकार्यको प्रस्ताव अघि सारेका छन् ।
आज बिहान खुमलटार पुगेर डा भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे ।
प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन् -'क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना ! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि