आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारी बैठक बस्दै

सोमबार, ११ पुस २०७९, ०६ : ५६
सोमबार, ११ पुस २०७९

माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । 

त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । गठबन्धनको बैठकपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप