विज्ञान कथा : ध्वनितरङ्गको प्रभाव
‘सर ! धार्मिक स्थलमा शङ्ख र घण्ट किन बजाइन्छ ? के यसो गर्दा धर्म हुन्छ हो ?’ एक दिन कक्षा नौ का विद्यार्थी जिज्ञासुले विज्ञान शिक्षक सुभद्रसँग सोध्यो । ‘किन र जिज्ञासु ? आज तिमीलाई यस्तो जिज्ञासा कसरी आयो ? तिम्रो नाम जस्तै स्वभाव पनि जिज्ञासु नै रहेको त थाहा छ । तथापि यस अघि यसरी प्रसङ्ग बाहिरको प्रश्न कहिल्यै गर्दैनथ्यौ । आज के भयो तिमीलाई ?’ शिक्षक सुभद्रले जिज्ञासा राखे ।
‘धेरै पहिलेदेखि मनमा यस्तो विचार आएको थियो तर भन्न सकेको थिइनँ तर आज मन मानेन र सोधेको हुँ ।’ जिज्ञासुले आशय व्यक्त ग¥यो ।
‘यो त राम्रो कुरा मनमा लागेको कुरा सोध्नुपर्छ तर यो त बताऊ कि तिम्रो मनमा यस्तो विचार चाहिँ कसरी आयो ?’ शिक्षकले थप बुझ्न चाहे ।
‘छ सर ! ठूलै कारण छ ।’
‘के हो त्यस्तो कारण भन्न सक्छौ ?’
‘सक्छु किन नसक्ने ।’ जिज्ञासुले कारण बताउँदै भन्यो–
‘घरमा बाबा बिहान सँधै पूजा गरेपछि शङ्ख र घन्ट बजाउनु हुन्छ । छिमेकी काकाहरू पनि त्यस्तै गर्नु हुन्छ । केही दिन अघि पल्लो गाउँका अन्तरे काकाको घरमा सत्यनारायणको पूजा लगाइएको थियो । त्यहाँ पनि पण्डितजीले यस्तै गर्नुभयो । गत वर्ष मामाको घरमा सप्ताह लगाइएको थियो त्यहाँ त झन् सातै दिन जोरसित शङ्ख र घण्टको आवाज सुनिएको थियो । मन्दिरतिर जान हुन्न जताततै यसैको आवाज सुनिन्छ ।’
‘अनि यस्तो प्रश्न आफ्नै बाबासित नसोधेर किन मलाई सोध्यौ ?’
‘सोधेको त हुँ सर ! तर ....।’
‘तर ? के तर ? बताउनु भएन ?’
‘बताउनु त भएको थियो तर बुझिनँ ।’
‘के भन्नुभएको थियो र ?’
‘यही कि धर्म हुन्छ कि हुन्न त्यो त थाहा छैत तर परम्पराको कुरा हो । पूर्वजहरूले गर्ने गरेकाले हामीले पनि त्यसैलाई पछ्याउँदै आएका हौँ ।’
‘ए ! त्यसो हो ? लौ सुन ।’ वस्तुस्थिति बोध गराउँदै शिक्षकले भने–
‘धर्म हुन्छ कि हुन्न त्यो त मलाई पनि थाहा छैन तर हामीलाई निरोगी रहन भने निकै सघाउँछ यसले । पहिलो कुरा नियमित शङ्ख बजाउने र घण्टको आवाज सुन्ने गरे रोग लाग्नै दिँदैन । दोस्रो कुरा लागिहाले पनि त्यसलाई हटाउन सघाउँछ भन्ने कुरा वैज्ञानिकहरूले लामो अनुसन्धानपछि पुष्टि गरेका छन् ।’
‘त्यसलाई कसरी पत्याउने कुनै आधार पनि छ कि सर !’
‘छ नि किन नहुनु, त्यसैले त भनेको हुँ ।’
‘जस्तै ?’
‘जस्तै यही कि यसबारे व्यापक प्रचारमा आएका छन् ।’
‘कुनै उदाहरण पाउन सकिन्छ सर !’
‘अवश्य ।’ विद्यार्थीको गहिरो चासो देखेर शिक्षक सुभद्रले खुसी हुँदै भने–
‘सन् १९२८ मा बर्लिन विश्वाविद्यालय जर्मनीका वैज्ञानिकहरूले यसबारेमा अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा उनीहरूले के पाए भने शङ्खको ध्वनिमा ब्याक्टेरिया नष्ट गर्न सहयोग पु¥याउने प्रचुर शक्ति रहेको छ । जोडले बजाएको शङ्खको आवाजले १२०० फुट टाडासम्मको ब्याक्टेरिया नष्ट पार्न सघाउँछन् भने २६०० फुट टाडासम्मका ब्याक्टेरियाल मूर्छित बनाउन सहयोग पु¥याउँछन् । उनीहरूले यस बाहेक अन्य धेरै लाभ लिन सकिने बताएका छन् ।’
‘ती भनेका के हुन् नि सर !’
‘यही कि हैँजा, मलेरिया, क्षय रोगका कीटाणुलाई नष्ट गर्ने कार्यमा समेत केही हदसम्म सघाउँछन् । आसपासको स्थानलाई कीटाणु रहित पार्न सहयोग पु¥याउँछ । मिर्गी, मूर्छा, गलगाँड, कुष्ट रोग जस्ता रोगका कीटाणु नाशमा समेत सहयोग पुग्ने कुरा पत्ता लागेको छ ।
‘यसको ब्यावारिक प्रमाण पनि छ कि सर !’
‘छ, छ, किन नहुने एउटा मात्र होइन धेरै छन् ।’
‘जस्तै ?’
‘जस्तै यही कि शिकागोका डा. डी. ब्राइनले यसैको माध्यमबाट १३ सयभन्दा बढी बहिरोपनको उपचारमा प्रयोग गरेका छन् भने मस्कोको एक प्रयोगशालालाई घण्टको ध्वनिले ढुसी सम्बन्धी रोगको कीटाणु नाशमा समेत सफलता मिलेको छ ।’
‘अनि बेलायती वैज्ञानिकहरूको पनि कुरा गर्नुभयो । उनीहरूले चाहिँ केके कुरा पत्ता लगाएका छन् नि सर !’
‘यसको कहानी अर्कै छ बाबु !’ शिक्षकले बेलिबिस्तार लगाउँदै भने–
‘सन् १९१६ तिरको कुरा हो एकपटक न्यायालयमा कुनै एक दीर्घ रोगीले गिर्जाघरहरूमा बज्ने घन्टका कारण आफ्नो स्वास्थ्यमा प्रतिकुल असर परेको कुरा उल्लेख गरी मुद्दा दर्ता गराएका थिए । त्यसपछि न्यायालयले स्वस्थ्यसम्बन्धी केही वैज्ञानिकहरूलाई यसबारे अनुसन्धान गर्न लगाए । उनीहरूले लगातार सात महिनासम्म अनुसन्धान गर्दा के पाए भने घण्टको ध्वनिले स्वस्थ्यमा प्रतिकुल पार्ने नभई अनुकुल प्रभाव पार्न सघाउँछ । उनीहरूका अनुसार यसले अन्य अनेक शारीरिक कष्ट निवारण गर्नुका साथै मानसिक शान्ति प्राप्तिको मार्गमा समेत सहयोग पु¥याउँछ ।’
यसरी कक्षामा उनीहरू गुरुचेलाबीच छलफल चल्दैथ्यो समय सकिएको घण्टी बज्यो । त्यसपछि उनीहरू घरतिर लागे ।