शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोमबार ८ बजे माओवादी पदाधिकारी र ११ बजे गठबन्धनको बैठक बस्ने

आइतबार, १० पुस २०७९, २२ : ५१
आइतबार, १० पुस २०७९

माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । ‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’

श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद भवन नयाँ बानेश्वरमा तय भएको छ ।

गठबन्धनको बैठकपछि भोलि नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ । सोही अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णु पौडेलबीच कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे अध्यक्ष ओली निवास बालकोटमा छलफल भएको छ । एमालेले उपाध्यक्ष पौडेललाई सरकारमा पठाउने आन्तरिक तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप