दक्षिण अफ्रिकामा ग्यास विस्फोट हुँदा १५ जनाको मृत्यु
आइतबार, १० पुस २०७९, २१ : ४१
![दक्षिण अफ्रिकामा ग्यास विस्फोट हुँदा १५ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/South-Africa_5H3bjgPog4.jpg)
दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् । शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।
घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् । घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ । विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी