शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

क्रिकेट श्रृंखलामा बागमतीको जित

आइतबार, १० पुस २०७९, १९ : ५८
आइतबार, १० पुस २०७९

बागमती प्रदेशले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको पहिलो खेलमा आइतबार जित हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई २ विकेटले पराजित ग¥यो ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले २९.१ ओभरमा सबै विकेट क्षतिमा १७० रनको योगफल खडा गरेको थियो । हङकङका क्यानी च्यान र लेमन चेरीले समान ३१–३१ रन जोडे । ‘वोमन अफ म्याच’ बागमतीकी सोनी पाख्रिनले ५.१ ओभर बलिङ गर्दै ३० रन खर्चेर ४ विकेट लिइन् ।

जवाफमा बागमतीले ३९ ओभरमा ८ विकेट गुमाउदै १७१ रनको लक्ष्य पूरा ग¥यो । अस्मिता खरेलले ४२ तथा सलिना सिलवालले नटआउट २० रन जोडे । प्रतियोगिताको आयोजक परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले अम्पायर रविन्द्र गुप्तालाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । अन्तिम तथा दोश्रो ४० ओभरको खेल सोमबार हुनेछ । डिसेम्बर २७ र २९ तारिखमा टी–२० खेल हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप