कवि भूपि शेरचनका ११ कविता श्रव्य माध्यममा
कवि भूपि शेरचनको ८८ औँ जन्मजयन्तीका अवसरमा उनले लेखेका ११ कविताको श्रव्य संस्करण सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार सङ्घले म्युजिक नेपालसँगको सहकार्यमा शेरचनका ११ कविता १२ जना कवि एवं कवयित्रीले वाचन गरी आइताबर काठमाडौं आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
श्रव्य सामग्री विमोचन गर्दै कवि एवं पूर्वमन्त्री एसपी कोइरालाले भूपि उनका सिर्जनाका कारण असङ्ख्य नेपालीको मन मस्तिष्कमा रहन सफल भएको बताए । भूपिका लोकप्रिय कविता श्रव्य माध्यमबाट स्रोतामाझ लगेपछि सुन्न चाहनेका लागि सहज हुने उनले सुनाए । भूपिका सशक्त, जीवन्त एवं जनजिब्रोमा रहेका कविता सुनेर पाठकले लाभ लिन सक्ने कोइरालाको भनाइ थियो ।
कार्यक्रममा भूपिकी धर्मपत्नी कान्ति शेरचन, कवि एवं नाटककार अशेष मल्ल, सङ्घका अध्यक्ष राधेश्याम लेकाली, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठ र नरेन्दबहादुर श्रेष्ठलगायतले उनले नेपाली कविताको गद्य विधामा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान