बालेन शाहको टिप्पणी : राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा
आइतबार, १० पुस २०७९, १९ : २७

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् । उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष गरेका हुन् । उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन् ।
‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा’, शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आजै सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि प्रदेश मन्त्री चौधरीले दिए राजीनामा
-
खोटाङमा दश स्थानीय तहका २० वडा डढेलोको जोखिममा
-
सिराहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष धरौटीमा रिहा
-
राजावादी आन्दोलन : राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग
-
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
-
राजावादी प्रदर्शनका क्रममा भएको आक्रमणको एनटीयूसीद्वारा भर्त्सना