आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतले नारायणी नदीमा प्रोटेक्सन बाँध बनाउँदै

आइतबार, १० पुस २०७९, १९ : १४
आइतबार, १० पुस २०७९

भारत सरकारले नारायणी नदीमा करिब ५० करोडको लागतमा ठुलो प्रोटेक्शन बाँध निर्माण गरिरहेको छ । नारायणी नदी (गण्डक नदी) को सौन्दर्यता र त्रिवेणीधाम देखि गण्डक ब्यारेजसम्मको सडकबाँध संरक्षणका लागि मेका फेरि कन्सेप्टमा रिफलेक्शन बाँध निर्माण गरिरहेको हो ।   

गण्डकी प्रदेशको मुल नाका पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा ६ त्रिवेणी धाम देखि वडा ७ गण्डक ब्यारेज पुलसम्म नदीको पश्चिम साईड नेपाल तर्फ २६ सय मिटर दुरीको उक्त बाँध निर्माण कार्य भैरहेको छ । भारतको विहार प्रदेश सरकारले नदीको सौन्दर्यता र बाँधको संरक्षणका लागि भारत तर्फ बनाएको बाँध जस्तै नेपाल तर्फपनि उस्तै बाँधको निर्माण कार्य गरिरहेको प्रोजेक्ट म्यानेजर बिनय प्रताप सिंहले बताए । यस बाँधले नदीको छेउमा भइरहेको कटान रोकिने र बाँध थप बलियो हुने छ ।

प्रोजेक्ट म्यानेजर सिंहका अनुसार विहार सरकारले गण्डक रिभर व्युटिफिकेशन एण्ड प्रोटेक्शन परियोजना मार्फत त्रिवेणी धामदेखि नदीमा फिट गरिएको नेपाली रेगुलेटरसम्म २६०० मिटर दुरीको बाँध बनाउने कार्यमा तीब्रता दिएको छ । विगत ४ वर्षदेखि शुरु गरिएको यस कार्यको ८० प्रतिशत काम सम्पन्न भई सकेको र २० प्रतिशत मात्र काम बाँकी रहेको सिंहले जानकारी दिए । म्यानेजर सिंहले भने, नेपाल भारतको गण्डक सम्झौता अनुसार नारायणी नदीको पश्चिम साइडमा नदीको ब्युटिफिकेशन र बाँधको संरक्षणका लागि उक्त बाँध बनाइरहेको छ ।

यो प्रोजेक्ट सन २०१९ मार्च महिनादेखि शुरु भएको र यो २०२३ जुन महिनामा सम्पन्न हुने यसको म्याद निर्धारण गरिएको छ । त्रिवेणी धाम देखि गण्डक ब्यारेजसम्म यो बाँध निर्माण हुने छ जसमध्ये हाल २६ सय मिटरको काम भएको र आगामी दिनमा थप बजेट बिनियोजन भई बाँकी कामहरु पुरा हुने भारतीय पक्षले जनाएको छ । यस कार्यले नेपाली बाँध थप बलियो हुने र यसको सौन्दर्यता पनि बढने विश्वास व्यक्त गरिएको छ ।

उक्त नदी गण्डक ब्यारेजदेखि तल गण्डक नदीको रुपमा परिणत भएको छ । उक्त नदी नै सुस्ता भुमीलाई घेर्दै भातरको विहार र उत्तर प्रदेश छुदै पटना पुगेको छ । नारायणी नदीमा नारायणी, तमसा र सोनभद्रा गरी तीन नदी मिलेर त्यस ठाउँको नाम त्रिवेणी भनिएको छ । गण्डक ब्यारेज देखि उत्तर तर्फको नारायणी नदीलाई स्थानिय नाम त्रिवेणी नदीले पनि चिनिने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप