आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीमा प्रचण्डको नियुक्ति आजै : राष्ट्रपति कार्यालय

आइतबार, १० पुस २०७९, १८ : ०९
आइतबार, १० पुस २०७९

राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री आजै नियुक्त गर्ने भएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी पेस गरेका थिए ।

प्रचण्डले १६९ सांसदसहित राष्ट्रपति कार्यालयमा दावी पेस गरेपछि प्रक्रिया पुर्याएर आइतबारै नयाँ प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्ति गर्न लागिएको शीतल निवास स्रोतले जनाएको छ ।  ‘दावी पेस भयो, अब आजै प्रक्रिया पुर्याएर प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्ने गरी तयारी भइरहेको छ’, शीतल निवास स्रोतले रातोपाटीलाई भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप