कांग्रेसलाई लोसपाको साथ
आइतबार, १० पुस २०७९, २३ : ३८
सबै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई सघाइरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी नेपाली कांग्रेसको साथमा रहने भएको छ । सुरुदेखि सत्ता गठबन्धनलाई सघाउने निर्णयमा पुगेको लोसपा आफ्नो निर्णयबाट पछाडि हटेको छैन । लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
सोनलले भने, ‘अहिलेसम्म हामी बालकोटभन्दा अलग छौं, बालकोटमा हामी छैनौं ।’ चुनावमा कांग्रेससँग मिलेर चुनावी तालमेल गरेका कारण सो पार्टीसँग अलग नभएको बताउँदै उनले आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने नेता सोनलले बताए । उनले भने, ‘राजनीतिक सम्भावनाको खेल हो, त्यो कुरा आजको घटनाक्रमले पनि पुष्टि गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण