सत्ता गुमेपछि कांग्रेसमा सन्नाटा
सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा छाएको छ । कांग्रेसका नेताहरूले सत्ता गठबन्धन भत्किएपछि खासै प्रतिक्रिया दिएका छैनन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको भन्दै आक्रोश पोखेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिँदा गठबन्धन भत्किएको बताए । उनले भने, ‘साथीहरूले प्रचण्डलाई धोका दिनुभयो । अब सबै गुम्यो । मेरो प्रयास सफल हुन सकेन ।’
यस्तै कांग्रेस नेता चन्द्र भण्डारीले नेतृत्वले आफूलाई बाहेक अरूलाई नदेखेर स्वाहाको बाटो रोजेको बताए । ‘बुझेकै हो । बुझ्नेले स्वाहाको बाटो रोजे पछि । आफूलाई भन्दा अरूलाई नदेखे पछि,’ भण्डारीले असन्तुष्टि छ ।
यस्तै केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले सबै गुमाएको जिम्मा पदाधिकारीहरूले लिनुपर्ने बताए । उनले भने, ‘हामी केही केन्द्रीय सदस्यहरू गठबन्धनभन्दा एक्लै निर्वाचनमा जानु उत्तम हुन्छ भन्दा पदाधिकारीहरुको गोप्य सहमतिको आधारमा एकजना प्रभावशाली महामन्त्रीजीले कांग्रेस नेतृत्वमा सरकार बनाउन गठबन्धन नै आवश्यक भएको प्रस्ताव सुनाउनुभो । पारित गर्न अनुरोध गरेपश्चात प्रस्ताव पास भयो ।’
संघदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएपछि कांग्रेस पार्टीको इतिहासमा ७४ सिट छोडेर ९१ सीटमा लड्न बाध्य पारेको उनको आरोप छ । उनले पार्टीले सबै कुरा गुमाउँदासमेत केन्द्रीय समितिको बैठक आवश्यक नठान्ने नेतृत्वमाथि आक्रोश पोखेका छन् । पदाधिकारी र कार्यसम्पादन समितिले वर्तमान जटिल राजनीतिक अवस्थाको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा सुनाए दीप श्रेष्ठको गीत : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’
-
नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित
-
देउवालाई लामिछानेको आग्रह : मलाई प्रधानमन्त्रीको अफरबारे प्रस्ट पारिदिनु होला
-
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने
-
एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी
-
आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा