आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सरकारमा सहभागी हुने जसपाको निर्णय

आइतबार, १० पुस २०७९, १७ : २१
आइतबार, १० पुस २०७९

सरकारमा जाने निर्णय गरेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति निवास पुगेका छन् ।

काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यको बैठकले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सो बैठकपछि अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई दुवैजना राष्ट्रपति कार्यालय गएको पार्टी स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयबाट फर्केपछि बैठक पुनः बस्ने जसपाका एक नेताले बताए । बैठकका लागि कार्याकारिणी सदस्यहरु अहिले पार्टी कार्यालयमा नै छन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप