आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड र ओली शीतल निवासमा

आइतबार, १० पुस २०७९, १६ : ५१
आइतबार, १० पुस २०७९

नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् ।

ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ५ दलबीचमा सहमति भएसँगै आइतबार पाँच बजेअघि नेताहरू शीतल निवास पुगेका हुन् ।

प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । 

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप