बालकोटको बार्दलीमा ओली र प्रचण्डको जोडी, दुबैले गरे अभिवादन !
दुई वर्षदेखिकाे कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकजुट भएका छन् । ओली निवास बालकोटमा प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउने सहमति भएपछि दुवै अध्यक्षले बालकोटको बार्दलीबाट समर्थक र सञ्चारकर्मीलाई अभिवादन गरेका छन् ।
यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बर्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो । प्रचण्डले समेत कैयन पटक आफ्नो भाषणमा ओलीलाई बर्दलीमा पुर्‍याइएको अभिव्यक्ति दिँदै आएका थिए ।

प्रचण्डको नेतृत्वको बहुमतको सरकारमा ७ दलको समर्थन रहेको छ । जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधामन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको हो । यसैगरी तीन जना स्वतन्त्र सांसदको पनि समर्थन छ । ती सबै गरी सांसदको संख्या १६९ हुन आउँछ । यही संख्याका आधारमा आइतबारै प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण