आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालकोटको बार्दलीमा ओली र प्रचण्डको जोडी, दुबैले गरे अभिवादन !

आइतबार, १० पुस २०७९, २३ : ४०
आइतबार, १० पुस २०७९

दुई वर्षदेखिकाे कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकजुट भएका छन् । ओली निवास बालकोटमा प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउने सहमति भएपछि दुवै अध्यक्षले बालकोटको बार्दलीबाट समर्थक र सञ्चारकर्मीलाई अभिवादन गरेका छन् । 

यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बर्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो । प्रचण्डले समेत कैयन पटक आफ्नो भाषणमा ओलीलाई बर्दलीमा पुर्‍याइएको अभिव्यक्ति दिँदै आएका थिए ।

प्रचण्डको नेतृत्वको बहुमतको सरकारमा ७ दलको समर्थन रहेको छ । जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधामन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको हो । यसैगरी तीन जना स्वतन्त्र सांसदको पनि समर्थन छ ।   ती सबै गरी सांसदको संख्या १६९ हुन आउँछ ।  यही संख्याका आधारमा आइतबारै प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप