कर्णालीमा जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने सपनामा लाग्यो ‘ब्रेक’
सुर्खेत । केन्द्रमा नेकपा एमालेसहितको सहयोगमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमतिसँगै कर्णालीमा मुख्यमन्त्री को बन्ने ? भन्ने विषयको चर्चा हुन् थालेको छ । नेकपा र एमाले विभाजनको केन्द्रबिन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित व्यक्ति हुन् ।
केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन गरिएको छ । प्रदेशमा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ ।
यदि एमाले–माओवादीबीच समीकरण बनेको खण्डमा कांग्रेसका जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने सपनामा ‘ब्रेक’ लाग्ने करिब निश्चित जस्तै देखिएको छ । तर माओवादीले अन्य प्रदेश छाडेर कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बन्ने सम्भावना पनि अर्को थरी हुनसक्छ । किनकि अन्य प्रदेश भन्दा कर्णालीमा माओवादीको सिट सङ्ख्या धेरै छ ।
माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मा सम्भावित मुख्यमन्त्रीका दाबेदार हुन् भने विन्दमान विष्टको चर्चा कायमै छ । कांग्रेससँग १४ सिट छ यदि स्वतन्त्रको १, राप्रपाको १ र एकीकृत समाजवादीको एक सिट साथमा लिए पनि कांग्रेसको बहुमत पुग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण