प्रचण्ड नेतृत्वको सरकारमा सिके राउत नेतृत्वको पार्टी सहभागी हुने
आइतबार, १० पुस २०७९, १७ : ००
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत त्यहीबाट भर्चुअल बैठकमा सहभागी भएका थिए । कार्यकारिणी समितिको निर्णयबाट जनमत पार्टी सो सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले बताए ।
कुन र कतिवटा मन्त्रालय लिने विषयमा बालकोटमा छलफल जारी रहेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत अझै बालकोटकै छलफलमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण