मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

इस्टर्न ओपन गल्फ मंगलवारबाट हुने

आइतबार, १० पुस २०७९, १६ : ०९
आइतबार, १० पुस २०७९

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलवारबाट आयोजना हुने भएको छ । आइतबार नेपाल गल्फर एशोसिएशन (एनपिजिए) ले पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलवारबाट धरानस्थित गल्फ क्लबको कोर्समा आयोजना हुने जनाएको हो । 

चार दिनसम्म चल्ने प्रतियोगितामा कम्तीमा ३२ व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने एनपिजिएका महासचिव दीपक आचार्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । धरान गल्फ कोर्समा आयोजना हुने दोस्रो प्रतियोगितामा प्रोफेसनल शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, मणि राई, संजय लामा, धन थापा लगायतले प्रतिष्पर्धा गर्नेछन् । यस्तै एमेच्योर गल्फरको पनि सहभागिता रहनेछ । प्रतियोगिताको अन्तिम दिन १८ होलमा खेल आयोजना हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ७५ हजार रुपैयाँ छ । ३० डिसेम्बरसम्म ५४ होलसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै चौथोदेखि शीर्ष २१ सम्म अटाउनेले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप