प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बालकोटमा सहमति
आइतबार, १० पुस २०७९, १५ : ५२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको दलहरूको बैठकमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले रातोपाटीलाई जानकारी दिए । ‘सहमतिको ड्राफ्ट तयार हुँदैछ,’ उनले भने, ‘आज नै बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेस गर्नेछौँ ।
बालकोटमा आज पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ । जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण