ओलीको अफरपछि राप्रपाको आकस्मिक बैठक जारी
आइतबार, १० पुस २०७९, ०७ : ००
एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि यसबारे निर्णय लिन राप्रपाको बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।
उनका अनुसार बैठकमा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर राणासहित पदाधिकारी र सांसदहरु सहभागी छन् । बैठकमा सत्ता गठबन्धन टुटेपछि बन्ने नयाँ सरकार र राप्रपाको सहभागिताको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । राप्रपा स्रोतका अनुसार एमाले अध्यक्ष निवास बालकोट बैठकमा सरकारमा सहभागी हुनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई अफर आएको थियो ।
सो अफरलगत्तै लिङ्देनले पार्टीभित्र सुरुमा अनौपचारिक छलफल गरेरपछि आधिकारिक बैठक आकस्मिक रुपमा बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण