आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्ति सरकारमा जाँदैन : प्रमुख सचेतक चौधरी

आइतबार, १० पुस २०७९, १५ : ३७
आइतबार, १० पुस २०७९

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले सरकारमा सहभागी नहुने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक चौधरीले सरकारमा नजाने बताएका हुन् ।

उनले भने, ‘गठबन्धनको निर्णय अनुसार हामीले निर्णय लिनेछौ । हाम्रो माग मुद्दा सम्बोधन भएको अवस्थामा सहयोग गर्ने कुरा रहन्छ । तर सम्बोधन नभए हामी जाने कुरै आउँदैन ।’ हाल सरकार गठनकै प्रक्रिया चलिरहेको बताउँदै उनले कुनै पनि गठबन्धनसँग छलफल नभएकोले तत्काल सरकारमा जाने सम्भावना समेत रहेको उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना मुद्दामा जेल सजाय भोगिरहेकाहरुको रिहाइको माग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप