नागरिक उन्मुक्ति सरकारमा जाँदैन : प्रमुख सचेतक चौधरी
आइतबार, १० पुस २०७९, १५ : ३७
नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले सरकारमा सहभागी नहुने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक चौधरीले सरकारमा नजाने बताएका हुन् ।
उनले भने, ‘गठबन्धनको निर्णय अनुसार हामीले निर्णय लिनेछौ । हाम्रो माग मुद्दा सम्बोधन भएको अवस्थामा सहयोग गर्ने कुरा रहन्छ । तर सम्बोधन नभए हामी जाने कुरै आउँदैन ।’ हाल सरकार गठनकै प्रक्रिया चलिरहेको बताउँदै उनले कुनै पनि गठबन्धनसँग छलफल नभएकोले तत्काल सरकारमा जाने सम्भावना समेत रहेको उनको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना मुद्दामा जेल सजाय भोगिरहेकाहरुको रिहाइको माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण