बालकोटको छलफलपछि जसपाले बोलायो बैठक
सत्ता समीकरण विषयमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटको छलफलपछि जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बैठक बोलाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् ।
चुनावपछि सत्ता गठबन्धन भत्काएर एमाले, माओवादी केन्द्रसहितको छुट्टै गठबन्धन बनाएर सरकार गठन गर्ने गृहकार्यमा लागेका उपेन्द्र यादवले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
एमालेसँग चुनावी तालमेल गरेका जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका थिए । चुनाव सकिएलगतै एमालेसँग गठबन्धन समाप्त भएको अभिव्यक्ति दिएका थिए । तर उनी एमालेका अध्यक्ष केपी शर्मा अोली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नियमित छलफलमा थिए ।
उनीहरुको बीचमा नियमित छलफल भइरहेको थियो । छुट्टै गठबन्धन बनाउने विषयमा पनि छलफल भइरहेको थियो । नयाँ बन्ने वामगठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन जसपा सकारात्मक देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता