बालकोट पुगेर सिके राउतले भने-सरकारमा जाने बाध्यकारी अवस्था छैन
आइतबार, १० पुस २०७९, १५ : ३०

जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जाने बाध्यकारी अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।
सत्ता समीकरण छलफलमा सहभागी हुन बालकोट पुगेका अध्यक्ष राउतले सञ्चारकर्मीसँग भने, ‘सरकार निर्माणलगायतका विषयमा यहाँ छलफल भइरहेको छ, सल्लाहका लागि यहाँ बोलाएको कारण आएको हुँ हामीले आफ्नो कुरा यहाँ राख्छौं ।’
आफ्नो पार्टीको लाइन पहिलादेखि नै राख्दै आएको बताउँदै उनले आफूहरूको बटमलाइन अनुसार संवाद भयो भने सरकारमा जाने कुरा हुन्छ नत्र हुँदैन, सरकारमा जाने बाध्यकारी अवस्था अहिले छैन । अध्यक्ष राउतले सत्ता गठबन्धनको सरकारमा सहभागी हुने विषयमा काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेका थिए । उनी सरकारमा सहभागी हुने सहमति पनि जनाइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत