बालकोट पुगेर सिके राउतले भने-सरकारमा जाने बाध्यकारी अवस्था छैन
आइतबार, १० पुस २०७९, १५ : ३०
जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जाने बाध्यकारी अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।
सत्ता समीकरण छलफलमा सहभागी हुन बालकोट पुगेका अध्यक्ष राउतले सञ्चारकर्मीसँग भने, ‘सरकार निर्माणलगायतका विषयमा यहाँ छलफल भइरहेको छ, सल्लाहका लागि यहाँ बोलाएको कारण आएको हुँ हामीले आफ्नो कुरा यहाँ राख्छौं ।’
आफ्नो पार्टीको लाइन पहिलादेखि नै राख्दै आएको बताउँदै उनले आफूहरूको बटमलाइन अनुसार संवाद भयो भने सरकारमा जाने कुरा हुन्छ नत्र हुँदैन, सरकारमा जाने बाध्यकारी अवस्था अहिले छैन । अध्यक्ष राउतले सत्ता गठबन्धनको सरकारमा सहभागी हुने विषयमा काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेका थिए । उनी सरकारमा सहभागी हुने सहमति पनि जनाइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण