बालकोटमा बहुमतको होमवर्क : १६२ सिटको समीकरण जुटाउने प्रयास
कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन टुटेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वैकल्पिक गठबन्धन निर्माणको प्रयास भएको छ । वैकल्पिक गठबन्धन निर्माणका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा विभिन्न दलका शीर्ष नेता सम्मिलित बैठक बसिरहेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी छन् भने जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई ओलीसँग छलफल गरेर फर्किसकेका छन् । नयाँ सरकार गठनका लागि पार्टीभित्र संस्थागत निर्णय गर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका हुन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि प्रवक्ता मुकुल ढकाललाई लिएर बालकोट पुगेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि केहीबेरअघि बालकोट पुगेर फर्किसकेका छन् । लिङ्देनले ओलीसँग भएको छलफलबारे पार्टीमा ब्रिफिङ गरिसकेका छन् ।
यसैबीच केहीबेर अघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् । बालकोटमा अहिले एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भइरहेको छ । नेताहरूका अनुसार एमाले–माओवादीसहितका नेताहरु बहुमत जुटाउन लागिपरेका छन् । बालकोटमा हाल पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ ।
जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण