जो बाइडेनलगायत विश्व नेताहरूद्वारा ‘क्रिसमस’को शुभकामना व्यक्त
क्रिश्चियन धर्मगुरू तथा विश्वका नेतागणहरूले आइतबार विश्वका क्रिश्चियन धर्मावलम्बीहरूले मनाउने क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानीसलगायत नेताहरूले क्रिसमसको अवसरमा देश विदेशमा रहेका आफ्ना नागरिक र विश्व समुदायमा ‘क्रिसमस’को शुभकामना व्यक्त गरेका हुन् ।
पोप फ्रान्सिसले ट्वीट गर्दै लेखेका छन्, “आज राति ईश्वर तपाईंको नजिक आउनुभएको छ किनभने तपाईं उहाँका लागि महत्वपूर्ण हुनुहुन्छ । अपराध बोध र अपर्याप्तताको भावनाले तपाई हामीहरूलाई भस्म पार्छ । हाम्रा सबै बहानाहरू हराएर जाऊन्, हाम्रो धार्मिकता जागोस् र हाम्रा पाखण्डहरू फालिऊन् ।” शुभकामना सन्देशमा बाइडेनले भने, “सबैले छुट्टीको मौसममा परिवार र साथीहरूसँग समय बिताउन अवसर मिलोस् । हामी यस समयमा हामीबाट विविध कारणले टाढा भएका जो कोहीको लागि हाम्रो हृदयमा एक विशेष स्थान पनि राखेका छौं । हाम्रो परिवारदेखि तपाईंसम्म, जिल र म तपाईंलाई शान्तिपूर्ण ‘क्रिसमस इभ’को शुभकामना व्यक्त गर्दछौँ ।”
क्यानडाका प्रधानमन्त्री ट्रुडोले पनि ‘आनन्द, स्वास्थ्य, प्रेम र शान्ति’को कामना गर्दै क्रिसमस ट्रीको वरिपरि भेला हुन र सँगै केही समय बिताउन पाउँदा आफू उत्साहित भएको बताएका छन् । उनले भने, “मेरी क्रिसमस१ लाखौं क्यानेडियाली जस्तै, मेरो परिवार क्रिसमस ट्री वरिपरि भेला हुन र सँगै केही गुणस्तरीय समय बिताउन उत्साहित छ । हामी नयाँ वर्षको प्रतिक्षामा छौं, हामी तपाईलाई खुशी, स्वास्थ्य, प्रेम र शान्तिको कामना पनि गर्दछौँ ।
यसैगरी, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीसले क्रिसमस वर्षको विशेष समय भएको बताए । “यो दान गर्ने दिन हो । यो दिन परिवार र साथीहरूसँगै आराम गर्ने दिन हो । अनि थुप्रै अस्ट्रेलियालीहरूका लागि यो एउटा यस्तो दिन हो जुन तिनीहरूको विश्वासको केन्द्रबिन्दु हो । निसन्देह सबैले आज यसलाई सजिलोसँग लिन सकून् । सबै अष्ट्रेलियालीप्रति क्रिसमसको शुभकामना, मेरी क्रिसमस ।” (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने