आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्तिले छान्यो संघ र प्रदेशमा संसदीय दलको नेता (नामावलीसहित)

आइतबार, १० पुस २०७९, १६ : ३६
आइतबार, १० पुस २०७९

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । काठमाडौंमा २ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो ।

केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार प्रतिनिधिसभामा संसदीय दलको नेताको रुपमा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको प्रतिनिधिसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले जानकारी दिए । यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ । टीकापुर घटना मुद्दामा जेल सजाय भोगिरहेका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा ४ सिट जितेको छ । पार्टीकै समर्थनमा बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र चुनाव जितेका रेशमका बुवा लालवीर चौधरी हालै नागरिक उन्मुक्ति​ पार्टीमा प्रवेश गरेका छन् । 

प्रदेशतर्फ नागरिक उन्मुक्तिले प्रत्यक्षमा ७ सिट जितेको छ । यससँगै नागरिक उन्मुक्तिले प्रतिनिधिसभामा ४, सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७, लुम्बिनी प्रदेशमा समानुपातिकसहित ४ र मधेसमा १ गरी जम्मा १६ सिट जितेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप