आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारबाट निस्किएलगत्तै माधव नेपालले बोलाए पदाधिकारी बैठक

आइतबार, १० पुस २०७९, १४ : ४२
आइतबार, १० पुस २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर छलफल जारी राखेका छन् । 

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक भर्खरै सुरु भएको एक केन्द्रीय सदस्यले बताए । बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी  छन् ।

माओवादी केन्द्र गठबन्धन टुटेको भन्दै एमालेसँग संवाद अघि बढाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप