बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

खुमलटारबाट बालकोट लागे प्रचण्ड

आइतबार, १० पुस २०७९, ०५ : ००
आइतबार, १० पुस २०७९

नेपाली कांग्रेससँग सरकार निर्माणबारे कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट लागेका छन् ।

सत्तारुढ गठबन्धनको बैठकमा सरकारको नेतृत्वको विषयमा कुरा नमिलेपछि प्रचण्ड ‘गठबन्धनको औचित्य सकिएको’ भन्दै बालुवाटारबाट बाहिरिएका थिए । बालुवाटारबाट ‘लञ्च ब्रेक’ का लागि आफ्नो निवास खुमलटार पुगेका प्रचण्डले माओवादीका नेताहरुसँग छलफलसमेत गरेका थिए । छलफल पछि उनी बालकोटतर्फ हानिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप