शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड आफू निकट नेताहरूसँग सल्लाह गर्दै

आइतबार, १० पुस २०७९, ०६ : ००
आइतबार, १० पुस २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै निस्किएका प्रचण्ड आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् ।

‘अब बालुवाटार संवाद लगभग सकियो । एकढंगले गठबन्धन टुट्यो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो,‘अहिले खाना खाना निवासमा आएका छौं । पार्टीका नेताहरुसंग अध्यक्षले परामर्श गर्नुहुन्छ । त्यसपछि कसरी अघि बढ्ने निर्णय हुन्छ ।’ तर,  देउवा लचक भएमा पुनः छलफल हुने नभए गठबन्धनको औचित्य सकिने खुमलटार स्रोतले जनाएको छ । अब गठबन्धनको औचित्य सकिएपछि प्रचण्ड  एमालेसँग संवाद गर्ने वा प्रतिपक्षमा बस्छन् त्यो उनको निर्णयमा भर पर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप