माओवादी नेताहरूलाई प्रचण्डको ब्रिफिङ : कांग्रेसले गठबन्धन टुटायो

सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल पनि बिना कुनै सहमति टुंगिएको छ । कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए ।
आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टीले नै पाउनुपर्ने अडान दोहोर्‍याएको थियो । ‘अर्को प्रस्ताव हामीले पार्टीको कार्यसमितिबाट पारिन गर्नुपर्ने हुन्छ । त्यो अहिले सम्भव छैन । त्यसैले हामीलाई समर्थन गर्नुहोला,’ बैठकमा कांग्रेसले प्रस्ताव गरेको प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले रातोपाटीलाई बताए ।
कांग्रेसले आफ्नो अडान परिवर्तन नगरेपछि प्रचण्डसहित नेपाल र झलनाथ बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट बाहिरिँदै गर्दा प्रचण्डले माओवादी नेताहरूलाई बैठकबारे ब्रिफिङ गरेका थिए । ‘कांग्रेसले गठबन्धन टुटायो भन्ने अध्यक्षको भनाई थियो,’ ती नेताले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत