आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बालुवाटारबाट बाहिरिए प्रचण्ड

आइतबार, १० पुस २०७९, ०६ : ००
आइतबार, १० पुस २०७९

सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक स्थलबाट बाहिरिएका छन् । पहिलो पालीमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका थिए ।

सरकार निर्माणबारे बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पुगेका थिए ।

सत्तारुढ गठबन्धनमा आलोपालो सरकार बनाउँदा कसले पहिला नेतृत्व लिने भन्ने विवाद रहेको छ । नेपाली कांग्रेसले जनमतको आधारमा आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने अडानमा छ भने माओवादीले पूर्व समझदारी अनुसार प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेको छ । प्रचण्ड बालुवाटारबाट बाहिरिए पनि नेपाल र खनाल भने बालुवाटारमा नै रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप