आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको सचिवालयले भन्यो–हाम्रा सामु फेरि दुखान्त  पुनरावृत्ति

आइतबार, १० पुस २०७९, १२ : ३७
आइतबार, १० पुस २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पछिल्लो घटनाक्रमले फेरि इतिहासको दुखान्त  पुनरावृत्ति अगाडि आएको जनाएको छ । आफू तल पर्दा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने प्रवृत्ति खतरनाक रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । 

‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त  पुनरावृत्ति हाम्रा सामु छ’, मल्लले सामाजिक सञ्जालमा लेखेका छन् । 

सत्ता गठबन्धनमा भागबण्डाको विषयमा पूर्वसहमति पालनामा कांग्रेस इमानदार नभएको उनको संकेत छ । कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसक्ने अडान लिएको छ । यता, माओवादीले भने कांग्रेस ब्याक नभए गठबन्धनको औचित्य सकिने निष्कर्षमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप