झलनाथ खनाल पनि पुगे बालुवाटार
आइतबार, १० पुस २०७९, १२ : १२
राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनको लगि दिएको समय सकिन लागेपछि सत्ता गठबन्धन घनीभूत छलफल जुटेको छ ।
प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले दाबी नछोडे पनि सहमति जुटाउने प्रयास भने भइनै रहेको छ । बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भइरहेकोमा समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि थपिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका खनालले पनि राष्ट्रपतिमा दाबी गर्दै आएका छन् । तर पद भागवण्डामा सहमति नजुट्दा सत्ता गठबन्धनको भविष्यलाई लिएर प्रश्न उठ्न सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवरात्री सुरु भएसँगै दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)
-
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
-
आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला
-
अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख
-
नवरात्रि : चतुर्थी तिथिमा कुष्माण्डा भगवतीको मन्त्रसहित पूजाविधि
-
हेर्नुहोस् आजको राशिफल : कुन राशिका लागि शुभ ?