आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

घरको कामको बोझले महिलाको यौन इच्छामा कमी

आइतबार, १० पुस २०७९, ११ : ३३
आइतबार, १० पुस २०७९

दिनमा कम्तिमा दुई पटक खाना नखाने मानिस पृथ्वीमा कोही छैन । लुगा नलगाउने, एकै छतको मुनी नबस्ने पनि कोही छैन । जसको लुगा यताउती च्यातिँदैन, टाँक फुस्किँदैन । महिला होस् या पुरुष, खानाबिना कोही बाँच्न सक्दैन ।

रोचक कुरा के छ भने यो रोटी बनाउन पुरुषको त्यति नै हात छ जति माछा तैरन साइकलको । सयौँ वर्षदेखि खाना बनाउने जिम्मेवारी महिला एक्लैले उठाउँदै आएका छन् र ती रोटी खाने जिम्मेवारी पुरुषले ।

दिनहुँजसो पुरुष सेतो चम्किलो सर्ट लगाएर अफिस त गइरहेका छन् तर त्यो सर्टलाई सेतो बनाउनका लागि महिलाले मात्रै आफ्नो हात गलाइरहेका छन् । कक्षामा प्रथम आएका बालबालिकाको मार्कसिट पुरुषले यताउती त गरिरहेका छन् तर बच्चाको होमवर्क एक्ली महिलाले गराउँदै आएका छन् ।

के तपाईँलाई थाहा छ एक जना काम गर्ने पुरुष र तथाकथित काम नगर्ने महिला अर्थात् गृहिणीले हप्तामा कति घण्टा काम गर्छन ?

पुरुषले आफू ४२ घण्टा काम गर्ने बताउँछन् भने महिलाले ११२ घण्टा काम गरिरहेका छन् । यो महिलावादीले भन्दै आएको कुरा मात्रै होइन । स्ट्यानफोर्ड युनिभर्सिटीको एक शोधले बताएको हो । र अब ती महिलाको कुरा गरौँ जो घरबाट निस्किएर जागिर खान पनि जान्छन् । त्यस्तो अवस्थामा पुरुष हप्तामा ५१ घण्टा काम गर्छन् र महिला १२६ घण्टा । पुरुषभन्दा लगभग तीन गुणा बढी ।

तर पनि महिलाले पाउने श्रमको इनाम पुरुषको भन्दा ७० गुणा कम छ । विश्वभरका महिलाहरूले पुरुषको तुलनामा ७० गुणा कम कमाउँछन् । उनीहरुको भन्दा ७६ गुणा कम सम्पत्ति छ ।

महिलाहरूले सबैभन्दा बढी काम गर्छन् र कम पारिश्रमिक पाउँछन्, किनभने महिलाहरूले गर्ने श्रमको ठूलो हिस्सा बेकार छ । निःशुल्क श्रम, जसलाई मर्दवादी प्रेमका लागि गरिएको श्रम भनिन्छ । परिवारका लागि, श्रीमानका लागि, बच्चाका लागि, सासु–ससुराका लागि । त्यो श्रमका लागि उनले कुनै मूल्य पाउँदिनन् ।

थोरै गौरवगान पाइन्छ । महिला त अन्नपूर्ण हो, महिला देवी हो, महिला आमा हो, महिलाका कारण घर, घर हुन्छ, महिला महान् छन् ।

सबैका लागि सित्तैमा आफ्नो हड्डी खियाउने र बदलामा एक सुका पनि नमाग्ने त महान नै हुनुपर्छ । मालिकहरूका लागि सबैभन्दा ठूलो कर्मचारी त्यो हो जसले थोरै तलबमा पनि गोरु झैं दिनरात काम गर्छ । आफ्नो अधिकार माग्न थाल्दा, तलब बढाउनुपर्ने माग गर्दा त घाँटीमा अड्किएको हड्डीजस्तै हुन्छ ।

माथि दिइएका यी सबै तथ्य र तथ्याङ्कमध्ये कुनै पनि कुरा नयाँ होइन । न यो पहिलो पटक भनिएको हो । विगत ३० वर्षमा विश्वभरबाट ३,००० भन्दा बढी अध्ययनहरू भएका छन्, जसले हाम्रो परिवार र विवाहको संस्थामा घरेलु श्रम कत्तिको असमान छ भन्ने देखाउँछ ।

यो असमानताले महिलाहरूलाई मानसिक र शारीरिक रूपमा बिरामी बनाइरहेको छ ।

कोभिड महामारीका बेला श्रीमान र छोराछोरीले अफिस र स्कुल जान छाडेर घरमै बस्दा महिलाको घरेलु श्रमको अनुपात रातारात कैयौं गुणा बढेको थियो । यो पनि युएन वुमनको पनि अध्ययन हो, हाम्रो होइन ।

युएन वुमनका अनुसार लकडाउनमा महिलाको काम १७ गुणा बढेको थियो । कल्पना गर्नुहोस्, सामान्य अवस्थामा पनि दिनको १६ घण्टा, हप्ताको सात दिन काम गर्ने एउटी महिलालाई महामारीले उनको काममा १७ प्रतिशतले वृद्धि गरेको थियो ।

अवस्था धेरै अप्ठ्यारो छ, महिलाको कथा धेरै दुखद छ, तर यो कथालाई कसरी परिवर्तन गर्ने भन्ने प्रश्न छ । जसलाई वर्षौंदेखि औँला नचलाइकन खाने बानी छ, जसलाई सबैकुरा थालमा सजाएर हातैमा राखिँदै छ, उनीहरुका लागि आफ्नो विशेषाधिकार त्याग्न धेरै गाह्रो छ ।

त्यसकारण माइकल किमेलले यस विशेषाधिकारबाट छुटकारा पाउनको लागि प्रभावकारी तरिका फेला पारे । माइकल ७१ वर्षका पुरुष हुन् तर नारीवादी हुन् । न्युयोर्कमा प्रोफेसर थिए । जब ६० को दशकमा अमेरिकामा नारीवादी आन्दोलन सुरु भयो, माइकल त्यो आन्दोलनका केही पुरुष अनुहारहरूमध्ये एक थिए ।

माइकलले नयाँ युगका केटाहरूलाई नारीवादी हुन सिकाउँछन् । चाखलाग्दो कुरा के हो भने यो न्याय हो, समानता हो भनी सिकाउँदैनन् । उनी भन्छन्, ‘केटीहरूले नारीवादी केटा मन पराउँछन् । यसरी हेर्ने हो भने लैङ्गिक संवेदनशिल केटाहरूलाई गर्लफ्रेन्ड पाउने सम्भावना बढी हुन्छ ।’

पक्कै पनि उनले अमेरिकाको कुरा गरिरहेको छ । हाम्रो देशमा त केटीसँग कुरा गर्नै नसक्ने केटालाई पनि आमाले विवाह गर्नेबेला केटीहरुको लाइन लगाइदिन्छन् । यो देशमा बिहे गर्न, प्रेम गर्न, प्रेमिका हुन कुनै योग्यता चाहिँदैन ।

आज पनि अभिभावकले आफ्नो जातमा उपयुक्त आज्ञाकारी केटी खोज्ने ठेक्का लिएका छन् ।

हो, त्यसैले हामी माइकलको बारेमा कुरा गर्दैछौं । त्यसोभए माइकलले कसरी पुरुषहरूलाई घरको काममा समान सहभागिता हुनुपर्छ भनेर बुझाउँछन् । आफ्नो क्षमताभन्दा बढी काम गर्दा महिला बिरामी परिरहेका छन् । उनी शारीरिक र मानसिक रुपमा कमजोर बन्दै गएका छन् ।

महिला बिरामी हुँदा, डिप्रेसनमा पर्दा, थाक्दा वा विचलित भएमा पुरुषले खासै वास्ता नगर्ने उनको भनाइ छ । जबसम्म उनीहरूले यो असमानताका लागि आफैँल्े केही मूल्य चुकाउनु पर्दैन तबसम्म उनीहरूलाई कुनै फरक पर्दैन ।

त्यसैले माइकलले पुरुषहरूलाई पुरुषहरूले महिलाहरूलाई घरको काममा मद्दत गर्दा महिलाहरूको यौन इच्छा र यौन चाहना बढेको बताउँछन् । के ? पुरुषका कान ठाडा हुन्छन् । के त्यसैले उनले हरेक पटक ‘म थाकेको छु, मलाई मन लागेको छैन, मेरो मुड छैन’ भनेर बहाना बनाइरहेका छन् ?

त्यसपछि माइकल हाँस्छन् र भन्छन्, ‘यो एक दिन भाँडा धोएर हुँदैन । एक महिनासम्म सधैँ भाँडा धोएर, पुछेर, किचन सफा गरेर हेर्नुहोस् । श्रीमतीलाई मनाउनुपर्दैन, उनी आफैँले पहल गर्नेछिन् ।’

कसैलाई यो कुरा हास्यास्पद लाग्न सक्छ, तर त्यस्तो होइन । अस्ट्रेलियाको स्विनबर्न युनिभर्सिटीको नयाँ अनुसन्धानले घरेलु काममा महिला र पुरुषबीचको असमानताले महिलाको यौन इच्छालाई मार्ने गरेको खुलासा गरेको छ  । यो यस्तो खालको पहिलो अध्ययन होइन ।

सन् २०१५ मा वासिङ्टन युनिभर्सिटीले २५ देखि ४५ वर्षका करिब २५ हजार महिलामाथि पनि गरेको अध्ययनले घरेलु श्रमको असमानताले महिलाको यौन चाहनालाई समाप्त गरिरहेको निष्कर्ष निकालेको थियो ।

त्यही अध्ययनलाई उद्धृत गर्दै, माइकलले पुरुषहरूलाई चेतावनी दिन्छन् कि प्रेमका लागि नै नगरेपनि, न्यायका लागि नगरेपछि, समानताका लागि नगरेपनि कम्तीमा यौनका लागि त घरको काममा सघाउ । यसमा तिम्रै फाइदा छ ।

यो पढेर तपाईंलाई हाँसो पनि लाग्न सक्छ तर कतिपय अवस्थामा निकै आवश्यक र गम्भीर कुरा सबैभन्दा हल्का–फुल्का र अगम्भीर तरिकाले पनि सम्झाउन सकिन्छ । यो दुःखमा दुःखी भएर हामीले के पायौँ । पुरुषको मन हाम्रो दुःखले त पग्लिएन । के थाहा, आफ्नै दुःखले पग्लिन्छ कि ?

– दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप