गठबन्धनको बैठकअघि देउवा आन्तरिक छलफलमा
आइतबार, १० पुस २०७९, १० : ०८

सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल चलिरेको छ । गठबन्धनभित्रको पावर सेयरिङका सन्दर्भका साझा धारणा बनाउन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउव पार्टीका शीर्ष नेतासँग छलफलमा जुटेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सीममा आजै सकिने भए पनि गठबन्धनमा प्रधानमन्त्रीबारे सहमति जुटिसकेको छैन । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बनेको छ ।
बिहीबारदेखि जारी गठबन्धनको बैठकमा देउवा र प्रचण्डको अडान कायमै छ । आज साँझ पाँच बजे सरकार गठनका दाबी पेस गर्ने गठबन्धनको तयारी छ । यसका लागि बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
ट्राफिक नियम उल्लंघनकर्ताले अनलाइनबाटै कक्षा लिन पाउने व्यवस्था गरिँदै
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए