तुनिषा शर्मा आत्महत्या प्रकरणमा उनका सह–कलाकार शीजान खान पक्राउ
टिभी अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा उनका सह–कलाकार शीजान खान पक्राउ परेका छन् । थाने जिल्लाको वालिव प्रहरीले शीजान खानमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ ।
उनलाई सोमबार अदालतमा पेश गरिने छ । तुनिषा शर्माले शनिबार सुटिङको सेटमा नै आत्महत्या गरेकी थिइन् । उनी २० वर्षकी थिइन् ।
प्रहरीका अनुसार सुटिङका बेला ब्रेक हुँदा तुनिषा शर्मा आफ्नो मेकअप रुममा गएकी थिइन् तर उनी निश्चित समयमा सुटिङ स्थलमा पुगिनन् ।
उनले भने, ‘त्ससपछि केही मानिसहरु उनलाई भेट्न गए र बोलाए तर उनले ढोका खोलिनन् । ढोका खोलेर हेर्दा उनले आत्महत्या गरिसकेकी थिइन् ।’
एसीपी चन्द्रकान्तले तुनिषाकी आमाले उजुरी दिएको र अनुसन्धान भइरहेको बताए ।
Maharashtra | Waliv police arrested actress Tunisha Sharma's co-star Sheezan Khan by registering a case of abetment to suicide
— ANI (@ANI) December 24, 2022
Tunisha Sharma died by suicide on the set of a TV serial. Her mother has registered a complaint. We are investigating this: ACP Chandrakanth Jadhav pic.twitter.com/QtOubRiU16
को थिइन् तुनिषा शर्मा ?
तुनिषाले सन् २०१५ मा टिभी सिरियल ‘भारत का वीर पुत्र – महाराणा प्रताप’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् ।
त्यसपछि उनले ‘चक्रवर्ती अशोक सम्राट’ नामक सिरियलमा पनि काम गरिन् । उनले ‘इश्क सुभान अल्लाह’, ‘इन्टरनेट वाला लभ’ जस्ता सिरियलमा पनि काम गरेकी थिइन् ।
सन् २०१६ मा उनले फिल्म ‘फितूर’ बाट आफ्नो बलिउड करियर सुरु गरेकी थिइन् । यसमा उनले अभिनेत्री कट्रिना कैफको बाल्यकालको भूमिका निभाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
-
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण