आईसीई प्रविधिमा रिलिज हुँदै पठान
गीत ‘बेसरम रंग’का कारण विवादमा तानिएको बलिउड फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । यो प्रविधिमा रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ ।
यशराज फिल्मस्का वितरक रोहन मल्होत्राका अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको फिल्मको रिलिजका लागि नौलो प्रविधि प्रयोग हुन लागेको हो ।
‘पठान आईसीई फम्र्याटमा रिलिज हुने पहिलो भारतीय फिल्म हुनेछ । आईसीई थिएटर फर्म्याटमा साइड प्यानल संलग्न छ, जुन मुख्य स्क्रिनका साथ रहनेछ । यो एक पेरिफेरल भर्सन हो । यसले दर्शकलाई रंग र गीतको शानदार अनुभव गराउनेछ । आईसीई फम्र्याट भारतको दिल्ली एनसीआरमा दुई पीवीआर सिनेमा साइटका साथ सुरुवात भएको थियो । यो फर्म्याटको फिल्म अवतारः द वे अफ वाटर थिएटरमा लागिरहेको छ । अब पठान त्यसको तयारीमा छ’ उनले भनेका छन् । फिल्म जनवरी २५ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रयोगमा नआई खण्डहर बन्दै तीन करोडको दलित आवास भवन
-
फिक्कल–नयाँबजार सडक कालोपत्र
-
घरजग्गा रजिस्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व
-
अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न कठायतको माग
-
बलात्कार आरोपी शिक्षकलाई कडा कारबाही गर्न माग
-
उद्योग मन्त्रीलाई कांग्रेसले बुझायो १७ बुँदे मागपत्र