साइन रेसुङ्गाले २२ जिल्लामा १४ हजार बिरुवा रोप्यो

रुपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले नेपालका २२ जिल्लामा १४ हजार बिरुवाको वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्त्व बहन गर्दै आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षरोपण गरेको हो ।
वार्षिकोत्सवको अवसर पारेर २०७८ फागुन ११ गतेपछि २०७९ मंसिर ९ गते सम्म ९ महिनामा बैंकले सय भन्दा बढी सामाजिक संघसंस्था, स्थानीय तह, वन कार्यालय र क्लबहरु समेतको सहकार्यमा १४ हजार ४० वटा बिरुवा रोपेको बैंकले जनाएको छ । बैंकले जलवायु परिवर्तनका कारण विश्ववयापी रुपमा वातावरणमा प्रतिकूल असर परिरहेकाले वातावरण संरक्षण, दिगो विकास र हरियाली प्रवर्द्धनलाई बैंकले उच्च प्राथमिकता दिएर बैंकिङ क्षेत्रमा संभवतः सबैभन्दा धेरै संख्यामा बृक्षरोपण गरेर नयाँं उदाहरण पेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।
बैंकका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राईका अनुसार लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पूर्व वाहेक १० जिल्लासहित बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा समेत बैंकले वृक्षारोपण गरेको छ ।
वृक्षारोपणमा संघीय राजधानी राजधानी काठमाडौंसहित पाँचवटा प्रदेशका शाखा कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको राईले बताए । लुम्बिनीलाई केन्द्र बनाउंदै प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाएको साइन रेसुङ्गा बैंकले हालै मात्रै उत्कृष्ट व्यवस्थापन गरेवापत बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको थियो ।