प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रमिकलाई घर चलाउन सहज

कोही कोदालो बोक्दै छन त कोही बेल्चा र टोक्री लिएर सिँचाई कुलो मर्मत गर्दैछन् । कोही भने सडकका खाल्डाखुल्डी पुर्नमा व्यस्त देखिन्छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा ३ देखि वडा ७ को विभिन्न ठाउँमा खटिएका ती सबैको एकै उद्देश्य थियो सिँचाई कुलो मर्मत गर्ने र सडकको खाल्डाखुल्डी पुर्ने ।
विगतका ३ वर्षसम्म लगातार कोभिड–१९को मार र अहिले झेलिँदै आइएको आर्थिक संकटका कारण गाउँले महिला र पुरषहरु रोजगार पाउँदा निकै उत्साहका साथ काममा खटिएको देखिन्छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरावल गाउँपालिकाले तय गरेको योजना कार्यान्वयनमा खटिएका मजदुरहरुले निकै मिहिनेतले काम गरेको गाउँपालिकाका रोजगार शाखा प्रमुख नेत्र भण्डारीले जानकारी दिए ।
स्थानीय किसमती चौधरी गाउँको सिँचाई कुलो सफा गर्ने काम पाउँदा खुशी भएर काममा लागिन । यो काम उनको पहिलो र गाउँमै काम गर्न पाउँदा निकै रमाएर काम गरिन । त्यस अघि किसमित चौधरीले गाउँमा खासै काम पाउँदैन थिइन् । उनीसँग सिलाईको (कपडा सिलाउने) सीप पनि छ र काम गर्ने जाँगर पनि छ तर गाउँमा काम छैन । महिनामा मुस्किलले २-४ कपडा सिलाउने काम पाइन्छ, त्यो पनि अरुले भनेको न्यून मूल्यमा काम गर्नुपर्छ, त्यसले घर खर्च चलाउन निकै समस्या भइरहेको सुनाइन् ।”
तर गाउँपालिका मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनामा श्रमिकका रूपमा छानिएपछि घर खर्च जुटाउने चिन्ता हटेको उनले बताईन् । उक्त कार्यक्रम अन्तर्गत १०० दिनको रोजगारी पाउदा उनी र उनको घरपरिवार खुसी छ ।
उनी मात्र होइन, स्थानीय रकिम महोमद दर्जी पनि गाउँमै काम पाउन थाले । गाउँघरमा ज्याला मजदुरीका काम गर्दै आएका दर्जीपनि लामो समयसम्मको काम खोज्दै थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको योजनामा रोजगारी पाएपछि उनीपनि निकै खुसी रहेको सुनाए ।
गाउँमा सिँचाई कुलो बन्न थालेपछि श्रमिक दङ्ग छन नै, स्थानीयमा समेत उत्साह छाएको छ । सिँचाई कुलो मर्मत नहुँदा पाएको सास्ती हट्ला भन्ने आशा छ कृषि उत्पादनमा वृद्धि हुने विश्वास पनि किसानमा बढेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलका अनुसार यस वर्ष न्यूनतम ६३ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराईने र सबै कामदारको कार्यस्थल दुर्घटना बीमाको व्यवस्था गरिएको छ । यसका साथै यसै वर्ष सरावल गाउँपालिकामा रोजगार बैंक स्थापना गर्ने योजना रहेको छ । ति कामदारहरुलाई दैनिक ५ सय ७७ रुपैयाँका दरले ज्याला दिइने र सबै श्रमिकको ज्याला बैङ्क खाताबाट भुक्तानी गरिने पालिकाको योजना छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारी पाएपछि घर खर्च चलाउन निकै सहज भएको लालती धोबीले बताइन । त्यो कार्यक्रमबाट कमाएको ज्यालाले केही महिना घर खर्च चल्ने उनले सुनाइन । उक्त कार्यक्रमले श्रमिकलाई घर खर्चको जोहो मात्रै गरेको छैन, पूर्वाधार विकास गरी स्थानीयको जीवनयापन पनि सहज बनाएको छ ।
श्रमिकको सुरक्षामा चुनौती
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सबै कामदारको कार्य स्थल दुर्घटना बीमाको व्यवस्था गरिएको भएता पनि श्रमिकको सुरक्षामा ख्याल गर्न आवश्यक रहेको छ । ‘श्रमिक सुरक्षाका उपकरण नलगाई काम गरिरहेका छन । रोजगार उपभोक्ता समितिले सामग्री किन्न पाउँदैन । श्रमिकले किन्न मान्दैनन्। यसले उनीहरूको स्वास्थ्य सुरक्षामा केही चुनौती देखिएको छ । श्रमिकको सुरक्षाका लागि ह्यान्ड ग्लोब्स, चस्मा, बुट, हेड क्यापलगायतका सामग्री आवश्यक रहेको र आगामी वर्ष गाउपालिकाले आवश्यकतानुसार व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ आयोजना हुने
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह