बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

धुन्चेमा वाणिज्य बैङ्कको शाखा स्थापना

आइतबार, १० पुस २०७९, ०७ : ५३
आइतबार, १० पुस २०७९

राष्ट्रिय वाणिज्य बैङ्क​ले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न  धुञ्चेमा शाखा विस्तार गरेको छ ।

बैङ्क​ले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो ।  नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैङ्क​ सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा  शनिबार बाणिज्य बैङ्क​ धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरे ।  योसँगै बैङ्क​ले  सबैखाले कारोबार सेवा खुला समेत गरेको छ ।

शाखाले उत्तरी क्षेत्रका लाङ्टाङ, टिमुरे, थुमन, चिलिमे, हाकु, गोल्जुङ, गतलाङ, स्याफ्रुसमेतका बासिन्दालाई प्रत्यक्ष सेवा दिने उक्त शाखाका प्रबन्धक हेमन्त सुवेदीले जानकारी दिए ।

रसुवागढी नाका सञ्चालनमा आएपश्चात निजी क्षेत्रबाट दर्जनौँ बैङ्क​ रसुवा भित्रिए छन् ।   बाणिज्य बैंकले धुञ्चेमा थप शाखा विस्तार गरेसँगै स्थानीय बासिन्दा हर्षित भएको रसुवा नागरिक समाजले जनाएको छ ।
 
सो अवसरमा बैङ्क​का सञ्चालक समिति सदस्य केदार घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेल, जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, बैङ्क​ प्रदेश प्रबन्धक ध्रुवप्रसाद अर्यालयलगायतको सहभागिता रहेको थियो ।  

विपन्न, व्यापारिक, घर निर्माणसमेतका विविध शीर्षकमा रु पाँच लाखदेखि पाँच करोडसम्म बैङ्क​ले कर्जा प्रवाह गर्ने जनाइएको छ । बैङ्क​ले नेपाल राष्ट्र बैङ्क​को नीति, नियम र मापदण्डका आधारमा सेवा प्रवाह गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप