बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पुस १५ गतेदेखि 'अवैध’ मोबाइल नचल्ने

आइतबार, १० पुस २०७९, ०७ : ०६
आइतबार, १० पुस २०७९

भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग  निरुत्साहित  गर्ने  उद्देश्यसहित  स्थापना  गरिएको ’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा  आउने  भएको  छ  ।  यसअघि  असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको  यो  प्रणालीलाई  नेपाल  दूरसञ्चार  प्राधिकरणले  पूर्ण  रूपमा  सञ्चालनमा  ल्याउन  लागेको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर शुक्रबारदेखि एमडीएमएस पूर्ण सञ्चालनमा आउने भएकाले असोजयता व्यक्तिगत तवरबाट ल्याइएका मोबाइल दर्ता गरेरमात्र प्रयोगमा ल्याउन अनुरोध गरेको छ । प्राधिकरणले गत भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइल आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप