मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

बहुचर्चित पक्की पुल पूरा नहुँदै गुड्यो गाडी

आइतबार, १० पुस २०७९, ०६ : ५८
आइतबार, १० पुस २०७९

उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार  पुल  सम्पन्न  नहुँदै  यातायात  सञ्चालनमा ल्याइएको छ । उदयपुर  रौतामाई  गाउँपालिका–५  आँपटार  र  खोटाङ  खोटेहाङ  गाउँपालिका–९  लिच्कीराम्चे  जोड्ने  पुलमा  जबर्जस्ती  यातायात सञ्चालन गरिएको हो । बहुचर्चित  सुनकोसी  नदीमाथिको  फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, रेलिङ तथा वाइरिङ कोट ढलान गर्न बाँकी नै छ ।

मुग्लिङपछि  नेपालकै  दोस्रो ’आर्क  डिजाइन’मा निर्माण भइरहेको फोक्सिङटारमा निर्माणाधीन  मोटरेबल  पक्की  पुल  निर्माण  अन्तिम  चरणमा  पुगेकै  बेला  जबर्जस्ती  यातायात सञ्चालन गरिएको हो । लामो समय अलपत्र रहेको सो पक्की पुल निर्माणको अन्तिम चरणमा रहेकै समय बिहीबारबाट जबर्जस्ती यातायात सञ्चालन गरिएको  छ  ।

 १०  वर्षदेखि  अलपत्र  पुल  अन्तिम चरणमा छ । पुलको बेरिङकोट, एप्रोज रोडलगायतका  कामै  नसकी  सञ्चालनमा  आएको छ । करिब १९ करोड ६० लाखको लागतमा  गौरी  पार्वती  वाईपी  जेभीले  २०७५  चैतमा  सक्नेगरी  ठेक्का  लिएको  थियो । तर, ढिलासुस्तीका कारण अझै काम सकिएको छैन । पुल सेक्टर नम्बर १ धरानका योजना प्रमुख प्रदीप भण्डारी निर्माण अन्तिम चरणमा पुगेको  बताउँछन्  । अब  एक  महिनाभित्र  सकिने  उनी  भन्छन्  ।  यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप