सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

महाकाली नदीले बगाउँदा एक वृद्धाको मृत्यु

शनिबार, ०९ पुस २०७९, २२ : १७
शनिबार, ०९ पुस २०७९

दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाको ज्यान गएको छ ।  महाकाली नगरपालिका४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए । 

नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको हो । 

भारतीय प्रहरीले ढुङ्गाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप