सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ

शनिबार, ०९ पुस २०७९, २२ : १२
शनिबार, ०९ पुस २०७९

महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ५४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

गत मंसिर २४ गते फरक क्षमता (अपांगता) भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ । 

आरोपित खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप